महिला र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक, कानूनी कार्यलाई विवाह भनिन्छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । नेपालको सन्दर्भमा २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हो । तर समाजमा कानूनी ब्यवस्थालाई चुनौती दिदै बालबिवाह हुने क्रम रोकिएको छैन । कानूनले बालबिवाहलाई निषेध गरेता पनि समाजमा कानूनलाई छल्दै बालबिवाह हुने गरेका छन् ।
सामाजिक व्याप्त गलत परम्परागत मूल्य, मान्यता इज्जतका कारण वालविवाह बिरुद्ध सबै खुलेर बोल्न सकेको पाईदैन । बालबिवाह भै हाले पनि बाल उजुरीहरू कमै दर्ता हुने गर्दछन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेका छैनन ।
- “बहुभाषिक र बहुसांस्कृतिक सुन्दर फुलबारीजस्तो छ नेपाल । तर त्यो सुन्दर फुलबारीका बीचमा च्वाँस्स घोच्ने काँडाजस्तो कुरिती र कुप्रथाले यस देशलाई दुर्गन्धित बनाएको छ ।”
ती दुर्गन्धित बनाउने तत्वहरुमध्ये बालबिवाह वर्तमान परिवेशलाई नियाल्दा धर्मको नाममा अन्धविश्वास, अशिक्षा र गरिबी प्रमुख कारक तत्व देखिन्छ ।बालविवाह बिभिन्न कारणले हुने गरेको पाईन्छ । एक कलिलो उमेरको बालक उमेर नपुग्दै परिवार पाल्न भनी खाडीमा पैसा कमाउन लागेको अवस्था छ । महिला र बालिका घरेलु हिंसा र बेचबिखनको सिकार भएका छन् । यसमा गल्ती कसको हो छ ? यसमा न त्यो आमो गल्ती छ न त त्यो अबोध बालबालिकाको नै गल्ती छ । यसमा त जनचेतनाको अभाव, गरिबी, अशिक्षा र बनेका नीतिहरुको सही ढङ्गले पालना नगर्नु र कार्यान्वयन नगर्नुको गल्ती हो । सबैलाई थाहा भएको कुरा, युनेस्कोको तथ्याङ्क अनुसार नेपाल सबैभन्दा बढि बालबिवाह गर्ने राष्ट्रहरुमध्ये तेस्रो स्थानमा पर्दछ । पहाडी भेगमा अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास तथा दाईजो, छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि हुने गरेको पाईएको छ । गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा पनि बालबिवाह हुने गरेको पाईएको छ ।
जनचेतनाको कमीले व्याप्त बालबिवाहलाई हामी सबै एकजुट भएर निरन्तर जनचेतना फैलाउने, शिक्षाको ज्योति सम्पूर्णमा पुर्याउने, रोजगारीको सिर्जना गर्ने कुराहरुमा सरोकारवाला निकायहरु पनि लाग्न जरुरी छ । पछिल्लो अध्ययनहरुले देखाएअनुसार नेपालमा बालबिवाह बढ्नुको एक प्रमुख कारण गरिबी, अन्धविश्वास अनि सूचना प्रविधिको बढ्दो दुरुपयोग पनि हो । सामाजिक सञ्जाल फेसबुक, व्हाटस् एप, ट्वीटर, ईमो, भाइवर, वाइफाई तथा इन्टरनेटजस्ता प्रविधि पनि समाजमा बालबिवाह अर्को कारण बनेको देखिन्छ । अर्को सामाजिक अन्धविश्वास पनि बालबिवाहको अर्काे मुख्य कारण हो ।
नेपालमा बालविवाह
युनेस्कोको तथ्याङ्क अनुसार नेपाल सबैभन्दा बढि बालबिवाह गर्ने राष्ट्रहरुमध्ये तेस्रो स्थानमा पर्दछ । जसमा ३७ प्रतिशत किशोरीहरु १८ वर्षभन्दा कम उमेरमै विवाह गर्दछन् भने १० प्रतिशत १५ वर्षभन्दा तल विवाह गर्दछन् । मुलुकी अपराध संहिता २०७४ परिच्छेद–११ अनुसार विवाह सम्बन्धी कसुर अन्तरगत बालबिवाह गरे र गराएमा तीन वर्ष जेल र ३० हजार रुपैयाँ जरिवाना भनेर उल्लेख गरिएको छ । बालबिवाहविरुद्ध कडा नीतिहरु भए पनि कार्यन्वयनको पाटो फितलो देखिन्छ । जसले अपराधीहरुलाई थप उर्जा मिलेको छ । त्यसकारण बालबिवाह गर्ने र गराउनेलाई कानुन मागेअनुसार कडा सजाय दिनु निकै नै आवश्यक छ । पुरानो पुस्ता र अहिलेको पुस्तामा बालबिवाहको अवस्थामा धेरै फरक आएको छ ।
पहिले मानिसहरु यो विकराल समस्यालाई समस्याको रुपमा लिदैन्थे तर अहिले मानिसहरु सजग भइसकेका छन् । पहिला दबाएर राखिने बालबिवाहका घटनाहरु अहिले बाहिर आउँदैछन् । स्थानीय तहबाट पनि प्रयासहरु भइरहेका छन् । बिभिन्न संघसंस्था जस्तैः आवाज संस्था,प्लान इन्टरनेशनल, स्याक नेपाल, सेभ द चिल्ड्रेन आदीले पनि बालबिवाहको विषयलाई उजागर गर्दै बालबालिका, किशोरकिशोरी र अविभावकहरुलाई पनि सजक बनाइरहेका छन् । त्यतिमात्र नभएर बाल क्लब, किशोर क्लब र युवा क्लबहरु पनि बालबिवाह न्यूनिकरण अभियानमा लगेका छन् । नेपालमा बालबिवाहको विकृतिलाई हामीले बेलैमा न्यूनीकरण गरेनौं भने आउने पुस्ताका बालबालिका र देशको भविष्य अन्धकारमा नै जान्छ ।
बाल विवाह न्यूनिकरणमा युवा तथा बाल क्लव
बाल क्लब तथा युवा क्लव लाइ सक्रिय बनाउन सरकारी तथा गैरसरकारी संस्थाहरुले निकै ठूलो भूमिका खेल्नुपर्छ । बाल क्लबलाई सक्रिय बनाउन बालअधिकार सम्बन्धी कार्यक्रमहरु नियमित हुनुपर्छ । बाल क्लबहरुमा आवद्ध बालबालिकाहरुलाई विभिन्न तालिम तथा प्रशिक्षण दिनुपर्छ । जसले बाल क्लबहरु थप सक्रिय हुन सक्छन् । बाल क्लबले बालबिवाह मात्र होइन समाजमा भएका विभिन्न कुरिती र कुसंस्कार न्यूनीकरणमा सघाउन सक्छन् । बाल क्लबहरुले बालबालिकालाई आफ्नो अधिकारको बोध गराउनुका साथै समाजमा हुने बिकृती रोक्ने ‘मियो’का रुपमा काम गर्न सक्छन् । हामीले बालबालिकालाई राम्रो संस्कारमात्र दिन सक्यौ भने देश निर्माणमा निकै ठूलो योगदान पुग्न सक्छ ।कानूनले त्यसै बिवाह गर्ने उमेर बिस बर्ष गराएको होईन । यसले पार्ने शारिरीक र मानसिक असरलाई रोक्नका लागी नै बालबिवाहमा रोक लगाईएको हो । उमेर परिपक्क नभई बिवाह गर्नाले पढाईलेखाई र बृद्धि बिकाशमा असर पार्ने, कम शरिर पुर्ण रुपमा बिकसिल नभई बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा गंभिर असर पार्ने, मातृशिसु मृत्यु दर बढ्ने भएकाले बालविवाहमा रोक लगाईएको हो।
अन्त्यमा बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भएकाले यस्तो गलत अपराधिक कार्यको विरुद्ध संगठित आवाज उठाउन जरुरी छ । बालविवाहले बालविाह गर्र्नेे बालबालिकाको शारिरीक र मानसिक रुपमा गंभिर असर पार्ने गर्दछ । बालविवाह गर्नाले कानूनी रुपमा श्रीमान श्रीमानको मान्यता पाइदैन । बालविवाह स्वतह बदर योग्य भएकाले बालबिवाह गरेर संगै बस्ने बच्चा जन्माउने गरे पनि उनीहरु कानूनी रुपमा श्रीमान श्रीमतीको हुदैन । उनीहरुको बिवाह दर्ता हुदैन । बालविवाह गर्ने बालिकाले श्रीमतीको नाताले श्रीमानबाट पाउनु पर्ने अंश लगायतका कुनै कानूनी हक अधिकार पाउदिनन । बालबिवाह गर्दा कानूनी हक अधिकार नपाईने शारिरीक र मानसिक क्षति मात्रै हुने भएकाले बालबिवाह रोक्न सबैले आआफ्नो तर्फबाट पहल गरौ । बालविबाह हुनै नदिन जनचेतना फैलाउ । यति गर्दा पनि कहि कतै बालविवाह हुन लागेमा प्रहरीमा खवर गरौ । बिवाहवारी २० बर्ष पारि मात्रै गरौ ।
- लेखकका बारेमानारायण रिजाल
सक्रिय युवा क्लव का संस्थापक अध्यक्ष तथा बालविवाह विरुद्धका सामाजिक अभियान्ता हुन ।
नारायण रिजाल । बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित