६ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले गठबन्धन मिलेर बनाएको कर्णाली प्रदेशको सरकारको संसद बैठक सत्तापक्षले नै बहिस्कार गरेर हिड्दा आफुले त्यसलाई चुनौती नमानी मुसुमुसु हासेर बसेको बताएका छन । उनले भने संसारमा कतै पनि नभएको सत्तापक्षले नै संसद बहिस्कार गर्ने अभ्यास कर्णालीबाट सुरु भएको छ ।
आज वीरेन्द्रनगरमा भएको ४० औं विपि स्मृति दिवसको अवसरमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘हामी थोरै छौ जसले विपिको सङ्गत गरेका छौ, सुनैकै भर भन्ने धेरै छौ । हामिले अब विपिले यस्तो गरे भनेर मात्र हुदैन समय अनुसार बदलिनुपनी पर्छ ।आज यो कार्यक्रमबाट म धेरै खुसी छु । हाम्रो कार्यक्रम १ वजे थियो त्यो भन्दा २ मिनेट अगाडि सुरु छ। जसले गर्दा हामी जागिसकेको प्रस्ट देखिन्छ । हामिमा केही चुनौती छैन हामी भाग्यमानी हौ, गठबन्धनको सरकार सत्तापक्ष नै बहिस्कार गरेर हिड्छ यो ससारको कुनै देशमा पनि अभ्यास भएको छैन । मैले हासेर बसे यो मेरा लागि चुनौती हैन । घामलागे फ्यान आउछ चिसो भए हिटर यो स्वभाविक प्रक्रिया हो ।
समय सापेक्ष हामी हिड्न सकेनौ भने विपिले भन्नुहुन्थ्यो भनेर मात्र केही हुदैन । हामिले हेर्नुपपर्ने शिक्षाको अवस्था के छ ?, बाटो बन्यो कि बनेन ?, कस्तो शिक्षा पायौ ? यसलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्छ । अहिलेका केही राजनीतिक दलहरु हामिलाई सत्ताको लोभ छैन हामिलाई चाहिदैन भन्दैछन्, सत्तामा नजाने भए भिग मागेर बसे भैगो नि पार्टी भएपछी सत्तामा जानुपर्छ । लोकप्रिय काम गर्नुपर्छ ।

हिजो नेपाली काँग्रेस कर्णाली प्रदेशमा तेस्रो पार्टी थियौ आज हामी सत्तामा गैसकेपछी चुनाबमा हामी १ नम्बर पार्टी भयौं, पैसा दिएर १ नम्बर हुने भयो माओवादी अहिले पहिलो पार्टी हुन्थ्यो । नेपाली काङ्ग्रेसमा यस्ता कार्यकर्ता छन जो सङ्ग केही छैन तर रुख भनेपछी ज्यान दिनुहुन्छ।’ उनले भने, निर्वाचनलाई समिक्षा गर्दै सबै होनहार हुदाहुदै पनि वीरेन्द्रनगर लगायतका केही पालिकाहरु गुमाउनुपर्दा अहिले यसले हामिलाई नै असर गरेको छ । सौताका रिसले के भनेजस्तो काङ्रेसमा भयो, अब यो सुधार्ने कि नाई ५०० मत ल्याउने पार्टी अहिले ११ हजार ल्याउछ ती मत कस्का हुन । उनले सबैलाई प्रश्न गरे। मैले हार्दा अर्को काङ्ग्रेसले जित्छ भने त्यो हाम्रो जित हो तर हामिले हार्दा अर्को पार्टिले जित्छ भने विपिलाई सम्झनुको औचित्य छैन ।
काङ्ग्रेस त दुबो जस्तो रैछ जस्लाई फाल्दिए पुग्छ एकपटक जन्मायो भने पुस्तै पुस्ता पुग्छ अन्य पार्टिहरुमा बा माओवादी छोरा एमाले यस्तै यस्तै हुन्छ । तर काँग्रेस झुटको खेती गर्दैन त्यसैले काँग्रेसहरु जन्मिरहन्छन ।पहिले बच्चा जन्मदा मा.. मा..भन्थे ,अहिले मोवाईल मोवाईल भन्छन् त्यसैले हामी समय अनुसार परिवर्तन हुनुपर्छ यसलाई बुझेर अगाडि बढेमात्र पार्टी बलियो हुन्छ पार्टी अगाडि बढ्छ ।
उनले भने, अब काङ्ग्रेसले लठ्ठी उठाएर जित्दैन लठ्ठी उठाएर कि वालेन ले जित्यो कि साम्पाङ्ग ले जित्यो । हिजो १२ बर्ष जेल परेको मान्छे अर्थमन्त्री हुन सक्थ्यो तर अब अर्थ पढेकै मान्छे चाहिन्छ । नत्र डक्टरलाई बाटो बनाउन लगाए जस्तै हुन्छ । अब कर्णाली सङ्गै काँग्रेस पनि डौडिन्छ । हामी सुशासन र समाजलाई बनाउने हो । यो नै हाम्रो मुख्य कर्तव्य भएको मुख्यमन्त्री शाहिको भनाई छ ।
संवाददाता । शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित