८ साउन सुर्खेत । गठबन्धनले देश उधो गती तिर जाँदै गरेको भन्दै नेकपा (एमाले)का महासचिव शंखर पोखरेलले आलोचना गरेका छन् । सत्ता गठबन्धन पुर्ण असफल र संकटमा भएको तथा आर्थिक अवस्था नाजुक भएको बताएका छन् ।
पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले पत्रकार सम्मेलन गर्दै स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेकोले सरकारको अवस्था नाजुक भएको उनले टिप्पणी गरे । विकास निर्माणका कामहरु ठप्प छन् । लकडाउनको समयभन्दा पनि कम खर्च गरेको छ । मुलुकको परराष्ट्र नीति असफल बनाउने काम गरेको छ, सरकार षड्यन्त्रमा सामेल छ भन्दै उनले सरकारको आलोचना गरे ।
अहिले चौतर्फी विरोध भएपछी सरकार केही पछि हटेको छ र वजेट निर्माणमा राजश्वको दरहरुमा बाह्य तत्वहरु प्रयोग गरि हेरफेर गरेको, सरकार प्रमाण मेट्ने अभियानमा छ उनले भने, “अहिले जुन रुपमा मुलुक चलेको छ यसले देशलाई संकटतर्फ लैजान्छ । उत्पादन र मुलुकका उधोगहरु धरापमा पारेर आयातलाई बढवा दिईरहेको छ ।”
सरकारको आलोचना गर्दै महासचिव पोखरेलले “यो सरकारबाट न सुधार हुन्छ न राष्ट्र उभो लाग्छ । देशको बिकासका लागि नेकपा एमाले मात्र सक्षम छ ।” हामिले चुनावमा सबैभन्दा धेरै ३४ प्रतिशत लोकप्रिय जनमत प्रप्त गरेका छौ । अब नेपाली काँग्रेसबाट नितिगत नेतृत्वको अपेक्षा गर्न सकिँदैन । नितिगत नेतृत्व एमालेले मात्र गर्छ । राष्ट्र निर्माणमा गठबन्धन नभई बलियो संगठन चाहिन्छ ।” उनले भने ।
संवाददाता । आइतबार, साउन ०८, २०७९ मा प्रकाशित