८ साउन सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका करार कर्मचारीहरुले १० दिनदेखि आन्दोलन जारी राखेका छन् । गाउँपालिकाले करार कर्मचारीलाई हटाएपछि कार्मचारीहरु निरन्तर आन्दोलित भएका हुन् ।
उनीहरु आज पनि धर्नामा बसेका छन् । असार ३० गते गुराँस गाउँपालिकाले करार कर्मचारीहरु हटाउने निर्णय गरेको पछि असार ३१ गतेबाट निरन्तर आन्दोलनमा रहेको खम्बिरा केसीले बताइन् । विभिन्न मागहरु राखेर आन्दोलन गरेको मागहरु पुरा नभए सशक्त आन्दोलन गर्ने र आफुहरुले आफ्नाे अधिकार पाउनुपर्ने उनको भनाई छ । करार कर्मचारीहरुले गाउँपालिकाका विभिन्न विषयगत शाखामा ताला लगाएको र कर्मचारीहरुले १५ मिनेटमै ताला फोडेको करार कर्मचारी भनाई छ।
यता, गुराँस गाउँपालिका उपाध्यक्ष सिवा कुमारी खड्काले कर्मचारी धर्नामा नरहेको बताईन् । उनका अनुसार गाउँपालिकाबाट हुने सुबै सेवा सुबिधा सुचारु भैरहेको छन् ।
संवाददाता । आइतबार, साउन ०८, २०७९ मा प्रकाशित