८ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बेलुका ९-१० बजेसम्म सेवा दिदै आएको छ ।
निर्वाचन नजिकिदै गर्दा नागरिकता लिनेको भिड लागेपछी राती सम्म सेवा दिईरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्य बहादुर थापा जानकारी दिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनका अनुसार अपराह्न्न ४ बजे भन्दा पहिले कार्यालय समयमा नै सेवाग्राहीहरु आएको र उनीहरुलाई सेवा दिएर नै फर्काउने उद्देश्यले यसरी काम गरिरहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा करिव १ हप्तादेखी यसरी नै रातीसम्म सेवा दिदै आएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, साउन ०८, २०७९ मा प्रकाशित