९ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल स्काउटबाट दीक्षितभएका छन् । वीरेन्द्रनगर नगरपालिका स्काउट तदर्थ समितिले सोमबार एक समारोहकाबीच नगर स्काउट संरक्षका रूपमा प्रमुख ढकाल र प्रमुख स्काउटका रूपमा उपप्रमुख खनाललाई दीक्षित गरेको हो ।
नेपाल स्काउट नियमावली २०७७ ले नगर स्काउटको नगरपालिका प्रमुख संरक्षक र उपप्रमुख प्रमुख स्काउटर हुने व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा विद्यालयमा स्काउटका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउदै नगर प्रमुख ढकालले वीरेन्द्रनगरका बालबालिकाहरूलाई पढाईसंगै सामाजिकीकरण, राष्ट्र, राष्ट्रियता र नैतिक शिक्षाका कुरा सिकाउन उत्तिकै आवश्यक रहेको भन्दै स्काउटको माध्यमबाट यसलाई सिकाउन सकिने बताईन ।
शिक्षा शाखा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले विद्यालयमा स्काउटका गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै स्काउट कर्णाली प्रदेशका प्रमुख कमल बोहोराले स्वंसेवि एवं अनुशासित नागरिक तयार गर्नका लागि स्काउट शिक्षा आवश्यक रहेको बताए । वीरेन्द्रनगर स्काउट तदर्थ समितिका अध्यक्ष निलकण्ठ गौतमले वीरेन्द्रनगरका विद्यालयमा स्काउटका कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताए ।
संवाददाता । सोमबार, साउन ०९, २०७९ मा प्रकाशित