९ साउन दैलेख । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दैलेखका बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा कार्यालय मातहतका प्रहरी कार्यालयबाट बिभिन्न स्थानमा कार्यक्रम गरिएको हो ।
ईलाका प्रहरी कार्यालय राकम कर्णालीले आठविस नगरपालिका वडा नं –५ स्थित खिड्किज्युलामा मानव वेचविखन तथा ओसारपसार सम्बन्धि कार्यक्रम गरेको छ । यस्तै प्रहरी चौकी लालिकाँडाले गुराँस गाँउपालिका वडा नं –८ स्थित धरमपोखरामा घरेलु हिंसा न्युनिकरण सम्बन्धि, साथै प्रहरी चौकी चुप्राले डुङ्गेश्वर गाँउपालिका वडा नं–१ स्थित चुप्रा बजारमा ट्राफिक नियम र सवारी दुर्घटना न्युनिकरण सम्बन्धि र अस्थायी प्रहरी पोष्ट घोडावाँसले गुराँस गाँउपालिका वडा नं–४ स्थित घोडावाँस बजारमा बजार सरसफाई सम्बन्धि कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवत्ता (डिएसपि) भुवनेश्वर शाहले जानकारी दिए ।
सचेतनामुलक कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
दैलेख संवाददाता । सोमबार, साउन ०९, २०७९ मा प्रकाशित