सुर्खेत, साउन ९ । पावर परियोजनाले सिलाईकटाई गर्ने १० जना व्यवसायी उद्यमी उत्पादन गरेको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपाल द्वारा सन्चालित पावर परियोजनाले बराहताल गाउँपालिका र विरेन्द्रनगर नगरपालिकाका १० जना युवतीलाई तीन महिना नि:शुल्क सिलाईकटाई तालिम दिएर स्वरोजगार बनाएको हो ।
स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालीम दिईएको पावर परियोजना संयोजक तेज सोनामले जानकारी दिएका छन् ।
तीन महिने नि: शुल्क तालिम पश्चात् उद्यमीहरुलाई निशुल्क सिलाईकटाईमा चाहिने सामाग्री सिलाउने मेसिन, इटर्लक, कैँची लगाएत सामाग्रीहरु नि:शुल्क वितरण गरिएको छ ।
सामाग्रीहरु लगि व्यवसाय सुरु गर्ने तालिममा संलग्न युवाहरुको भनाई छ । स्वरोजगार बन्न पाएकोमा उनिहरुले खुसी व्यक्त गरेका छन् ।
भावना राना । सोमबार, साउन ०९, २०७९ मा प्रकाशित