Karnali Media
२०८३ असार १ , सोमबार

सुर्खेत आउँदै गरेको यात्रुवहाक बसमा ढुङ्गा खस्दा १ जनाको मुत्यु



११ साउन सुर्खेत । काठमाडौंदेखि सुर्खेत आउँदै गरेको यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु भएको छ ।

आज बुधबार भेरीगंगा नगरपालिका–२ पैसठ्ठी नजिक ना ७ ख ५८११ नं को बसमा आज करीब १ बजे ढुङ्गा खस्दा दैलेख भगवतिमाई गाउँपालिका–२ कि १७ बर्षिया पार्वती शाहीको टाउकोमा चोट लागेकोले कर्णाली प्रदेश अस्पतालमा साढे १ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिएका छन् ।


यस्तै ढुङ्गा लाग्दा वीरेन्द्रनगर नगरपालिका वडा नं ६ बस्ने ४५ बर्षिया राज कुमारी सुनार घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधबार