११ साउन, दैलेख । दैलेख सुर्खेत सडक खण्डमा उम्रेका गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा सडक छेउछाउमा उम्रेका गाँजाका बोटहरु आज प्रहरिले नष्ट गरेको हो ।
प्रहरी चौकी चुप्राले डुङ्गेश्वर गा.पा.१ र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरले डुङ्गेश्वर गाँउपालिका -६ स्थित दैलेख -सुर्खेत सडक खण्ड नजिक सडकको दुवै तर्फको उम्रेका गाँजाका बोटहरु समुदाय प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत स्थानियहरुको सहभागितामा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता (डिएसपी) भुवनेश्वर शाहले जानकारी दिए ।
यस्तै आज जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा ईलाका प्रहरी कार्यालय नौमुलेले नौमुले गाँउपालिका-१,प्रहरी चौकी भैरवीले भैरवि गाँउपालिका -४, प्रहरी चौकी डुङ्गेश्वर बजारले डुङ्गेश्वर गाउँपालिका-४ र अस्थाई प्रहरी पोष्ट भैसीखोरले नारायण नगरपालिका -४ मा बिषालु च्याँउ सम्बन्धि स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी,लगायतको उपस्थितिमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतना मुलक कार्यक्रम पनि गरेको छ ।
कार्यक्रमका तस्वीरहरु :
संवाददाता । बुधबार, साउन ११, २०७९ मा प्रकाशित