सुर्खेत । भुकम्प आगलागी र बाढी सम्बन्धि सुर्खेतका तीन पालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ । चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा हिजो प्राकृतिक विपद् को समयमा कसरी सुरक्षित रहने भन्नेबारे कृत्रिम घटना अभ्यास गरिएको हो।
युएसएआईडि, मर्सिकोरको सहयोग तथा सुन्दर नेपाल संस्था द्वारा सञ्चालित भएको भकारी परियोजनाले सो कार्यक्रम संचालन गरेको थियो । चौकुनेको गुटु, पञ्चपुरीको बाबियाचौर र बराहतालको बड्डिचौरमा कार्यक्रम गरिएको कार्यक्रममा भुकम्प आउदा गर्नुपर्ने सावधानी, उद्दार तथा राहतका बारेमा जानकारी दिईएको छ । विपद् जतिबेला जुनसुकै समयमा आउन सक्ने भएको हुदा पुर्ब तयारीका लागि समुदायका नागरिकलाइ अग्रिम जानकारी दिइएको विपद् जोखिम न्युनिकरण अधिकृत गगन खड्काले जानकारी दिए ।
शुक्रबार भएको कृत्रिम घटना अभ्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधी, राजनैतिक दल, प्रहरी, स्वास्थ्यकर्मी, स्थानिय विपद् व्याबस्थापन समितिका पदाधिकारी, रेडक्रस, विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम प्राप्त जनशक्ति र स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।
भकारी परियोजनाले पञ्चपुरी चौकुने र बराहतालका १४ वडाका ४७ ओटा समुदायमा प्राकृतिक विपद् जोखिम न्युनिकरण, उत्पादन मुलक पानी, कृषि सम्बन्धी कार्यक्रम , सामाजिक समाबेशिकरण र आकस्मिक सहयोगका कार्यक्रम संचालन गरिरहेको छ ।
संवाददाता । शनिबार, साउन १४, २०७९ मा प्रकाशित