१७ साउन, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेलाको आज सिटी हल सुर्खेतमा भैरहेको छ । अहिले पार्टी सभापति रबि लामिछाने सिटि हलमा घण्टी बजाउदै कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको यो पहिलो प्रदेश भेला हो । जसले कर्णाली प्रदेश कमिटी गठन गर्नेछ । अबको केही समयमा सभापति रबिले सम्बोधन गर्ने कार्यक्रम छ । यो कार्यक्रका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट हजारौ युवाहरु सुर्खेतमा आएका छन् ।
संवाददाता । मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित