Karnali Media
२०८३ असार ३ , बुधबार

बादी बालबालिकालाई खाद्यान्नको चरम अभाव



२१ साउन , सुर्खेत । सामाजिक आन्दोलनपछि अपूर्ण जित लिएर पुरानै दु:खको घेरोमा जीवन बिताउनुपर्ने बाध्य समुदाय मध्ये एक हो, वादी समुदाय ।

जहानिय राजतन्त्रको अन्त्य सङै देशमा लोकतान्त्रिक गणतन्त्रको वहाली भएर देश संघीयतामा विभाजन भै संघीय, प्रदेश र स्थानीय सरकारको स्थापना हुँदा पनि अझै पछाडी परिरहेका जातजातिका बालबालिका, युवा र महिलाको अवस्था जस्ताको त्यस्तै छ । त्यस्तै देशको धेरै जसो जिल्लामा बादी समुदाय बसोबास गरेका छन् र ती मध्य कर्णाली प्रदेशका बादी समुदायका बालबालिकाको अवस्था पनि दयनीय रहेको छ ।कर्णालीका बादी समुदायका बालबालिकाको भविष्यको लागि बादी सरोकार मञ्च सुर्खेतले एकै स्थानमा राखेर पठनपाठन र उचित व्यवस्थापन गर्दै आएको छ । बादी सरोकार मञ्चले भने खाद्यान्न समस्या भोग्दै आएको छ ।

एक सय २६ जना बालबालिकालाई संरक्षण गर्दै आएको मञ्चलाई सहयोग गर्ने कोहि नभए पछि यस्तो समस्या भोग्नु परेको हो । उनिहरुको लागि खाद्यान्न अभाव हुन थाले पछि बजारमा माग्दै पाल्नु परेको बादी सरोकार मञ्च नेपालका अध्यक्ष हिक्मत वादीले बताएका छन् । उनले भने गाउँमा मेरो बुवाआमाले माग्नु हुन्थ्यो, सुर्खेत बजारमा यी बालबालिकाको लागि मैले मागेको छु, ताकी यी बालबालिकाले माग्नु नपरोस् ।परिवर्तन हुनै नचाहने राउटे समुदायको लागि सहयोग गर्ने सरकार बादी समुदायका बालबालिका समस्यामा पर्दा मौन छ । बादी समुदायका बालबालिकालाई पठनपाठन र उचित व्यवस्थापन गर्ने आश्वासन दिए पनि कर्णाली सकोरकार निति नियममा कतै समेटिएको र कार्यान्वयन भएको पाईदैन ।


बादी समुदायका बालबालिकालाई खाद्यान्न अभाब हुदा बेलाबेलामा समाजसेवी तथा सहयोगीहरुले सहयोग गर्दै आईरहेका छन् । हिजो सुक्रबार पनि केही सहयोगी तथा समाजसेवीहरु मिलेर बादी समुदायका बालबालिकाहरुलाई करिब ३६ हजार बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

सहयोगीहरुको नामावली

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिबार