साउन २४, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय अनियमितताका उजुरीमा वृद्धि भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट गत आर्थिक वर्ष २०७८/७९ मा ६३ दशमलव ४८ प्रतिशत अर्थात दोब्बर बढीले वृद्धि भएको पाइएको हो ।
अनियमितताका उजुरीसम्बन्धी तथ्यांकमा १४ सय ३२ उजुरी परेकोमा हाल सम्म ९ सय ९ उजुरी फस्र्यौट भएका छन् । भने गत वर्ष र यो चालु आर्थिक वर्षको गरी ५ सय २३ उजुरी फस्र्यौट हुन बाकी रहेको कार्यालयका प्रमुख भोला दाहालको भनाई छ ।
दाहालका अनुसार आर्थिक वर्ष गत वर्षमा प्रदेशका १० जिल्ला सहित लम्बिनि प्रदेशको पूर्वीरुकुम हेर्ने गरेको छ ।
अनियमितताको आशंकामा छानबिनको माग गर्दै अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढीे सुर्खेतबाट २ सय ९३ र सबैभन्दा कम पूर्वीरुकुममा ५ वटा उजुरी परेको छन् ।
यस्तै, दैलेखमा २ सय ४०, मुगुमा १ सय ५०, कालिकोटमा १ सय ४५, हुम्लामा १ सय ४३, जाजरकोटमा १ सय ३६, जुम्लामा ९६ वाट उजुरी परेका छन् ।
यस्तै, सल्यानमा ९४, रुकुम पश्चिममा ७५, डोल्पामा ५५ वटा उजुरी परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ९४ वटा उजुरी परेका छन् ।
प्रमुख दाहलले स्थानीय र प्रदेश सरकारले स्थानीय आवश्यकतामा भन्दा केही सिमित व्यक्तिको रुचीमा योजना र अनुदान वितरण गर्ने गरेकाले कर्णाली प्रदेशमा पछिल्लो समय उजुरीको संख्यामा बढोत्तरी भएको भनाई छ ।
अन्य जिल्लाको तुलनामा साविक कर्णालीका ५ जिल्लाहरुमा अनियमितताका उजुरी बढेको भन्दै ति जिल्लाहरुमा अख्तियारले संक्रियता बढाउको गरेको छ ।
भ्रष्टाचार नियन्त्रणमा अख्तियारको मात्रै नभइ सबै पक्षको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकार्य गरेर अगाडि बढ्न उनको आग्रह छ ।
संवाददाता । मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित