Karnali Media
२०८३ जेठ २५ , सोमबार

पार्टीले भनेपछि हुम्लाबाट चुनाब लड्न तयार छु : केन्द्रिय सदस्य सिंह



२४ साउन, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले पार्टीले भनेपछी हुम्लाबाट पनि चुनाब लड्न तयार भएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सिहले यस्तो बताएका हुन । उनले कर्णाली प्रदेशका युवाहरुको लागि पार्टीले महत्वपूर्ण कार्य गर्नुपर्ने सुझाब दिदै युवाहरुको लागि हरपल सहयोग गर्न तयार रहेको बताए ।


राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रशिक्षण कार्यक्रम भोलिसम्म चल्ने छ । प्रशिक्षणको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रशिक्षण बिभाग प्रमुख धुब्र बहादुर प्रधान, केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरि, केन्द्रीय महामन्त्री धन बहादुर बुढा, प्रशिक्षण समिति सदस्य खुस्बु वलि लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट राप्रपा प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारी, लगायत अन्य संगठनका सदस्यहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मंगलबार