Karnali Media
२०८३ असार १ , सोमबार

रुकुम पश्चिममा हिँडेरै स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएकी महिला बेहोस, स्वास्थ्य अवस्था गम्भीर



२८ साउन, सुर्खेत । रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । त्रिवेणी गाउँपालिका–२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएको हो ।

वर्षाका कारण आएको पहिरोले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर भएको हो । स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएको तर करिश्माले बाटोमै बच्चा जन्माएको उनकी सासुआमा कौशिला पुनले जानकारी दिईन । करिश्मालाई हिजो बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो ।


‘कौशिलाले भनिन, “गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाइएन, दुई घण्टा हिँडेरमाथि गाउँ पुगेको बेला बच्चा जन्मियो,”

रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएको छ । यो सडक खण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिबार