२८ साउन, सुर्खेत । सुर्खेत हार्डवेयर समितिको सातौं चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ ।समितिको सनिबार भएको सातौं साधारणसभाले अध्यक्षमा दिनेश ढकाललाई चयन गरेको हो ।
यस्तै चुनावी साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष चेतन बहादुर भट्टराई, प्रथम उपाध्यक्ष बालकृष्ण हमाल चालिसे, द्वितीय उपाध्यक्ष वसन्त राज पाण्डे, सचिव केशब विसी, सह-सचिव महेन्द्र डुङ्गाना, कोषाध्यक्ष दिपक शर्मा, सह-कोषाध्यक्ष इन्द्रबहादुर शर्मा सहित १५ सदस्यीय कार्यसमिति चयन भएको सुर्खेत हार्डवेयर समितीका सल्लाहकार तथा साधारण सभा निर्वाचन समिती अध्यक्ष दिल बहादुर रानाले जानकारी दिए ।
समितिको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीक हितसँगै व्यवसायीलाई बचाउनका लागि अवस्थ प्रतिस्पर्धा बन्द हुनुपर्ने बताएका छन् । उनीहरुले अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर पलायन हुनु परेको भन्दै व्यवसायलाई स्वस्थ र सफल बनाउनका लागि राज्यको नीति अवलम्वन गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै उनीहरुले उद्योग चलेमात्रै व्यवसायीहरु बच्ने भएकाले व्यवसाय चल्ने बातावरण बनाउनका लागि उद्योग नियमित सञ्चालन गर्ने बातावरण बनाउन राज्यसँग माग गरेका थिए ।
साधारण सभाको अध्यक्षता योगेस खत्री र सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष लक्षमण कडेलको प्रमुख अतिथीमा उक्त कार्यक्रम भएको थियो ।
संवाददाता । शनिबार, साउन २८, २०७९ मा प्रकाशित