Karnali Media
२०८३ जेठ २५ , सोमबार

वीरेन्द्रनगरमा लागुऔषध सहित श्रीमानश्रीमती पक्राउ



सुर्खेत, साउन २९ । सुर्खेत प्रहरीले वीरेन्द्रनगर ४ भैरबस्थानबाट लागुऔषध सहित श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ ।

आज आइतबार साझ करिब ५:१० बजे विशेष सूचनाकाे आधारमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-४ समाबेसीटोलबाट सोही ठाउँ बस्ने बर्ष ३७ का किरण गिरि र उनकि श्रीमती बर्ष २६ की सरला शाही थापालाई आफ्नै घरमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता सुरज कार्कीले जनाएका छन् ।


प्रहरीकाअनुसार शंका लागि घरको कोठा चेकजाँच गर्दा विभिन्न ठाउँमा लुकाईछिपाई राखेको करिब ४७ ग्राम ६२० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु. २६ हजार तीन सय रुपैयाँ समेत बरामद गरिएकाे छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार