३० साउन, सुर्खेत । स्थानिय सरोकार समुहले सामुदायिक अंकपत्रको अभ्यास गरेको छ । भिएसओको आर्थिक सहयोग र नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा प्रयास कार्यक्रमद्धारा स्थानीय सरोकार समुहको आन्तरिक सुशासन सुदृढिकरणका लागि सामुदायिक अंक पत्रको अभ्यास आईतबार सम्पन्न भएको हो।
उक्त अभ्यास कार्यक्रममा विभिन्न ६ वटा क्षेत्र समावेशी सुशासन,नेतृत्व र रणनीति,वकालत,वित्तिय र प्रशासनिक व्यवस्थापन,दिगोपना,उत्थानशिलता र सिकाई व्यवस्थापन,दस्तावेजीकरण र बाह्य सम्बन्ध अन्र्तगत २४ वटा अलग अलग सुचकमा रही छलफल भएको थियो ।
कार्यक्रममा विभिन्न सूचकहरुमा छलफल गर्दा संस्था भित्र भएका राम्रा कामको प्रमाण सहित मूल्याङ्कन गर्ने र यदि केही अधुरा काम भए पनि के कति कारणले अधुरो भएको र यसलाई थप सुधार गर्नका लागि कार्ययोजना पनि तयार गरिएको छ ।
उक्त कार्यक्रममा सरोकारवालाहरुको तर्फबाट प्रदेश रेडक्रस नेपालका माहासचिव,सामाजिक विकास मन्त्रलायका अधिकृत, वीरेन्द्रनगर नगरपालिका वडा नं १० रेडक्रसका सभापती,युवा क्लवका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष खिम रेग्मीको अध्यक्षता र आयोन प्रयास कार्यक्रमका संयोजक याम बहादुर थापा र युवा सहजकर्ता सिता डाङ्गीको सहजीकरणमा सम्पन्न भएको थियो।
संवाददाता । सोमबार, साउन ३०, २०७९ मा प्रकाशित