Karnali Media
२०८३ असार १ , सोमबार

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएपछि स्थानियद्वारा रत्नराजमार्ग अवरुद्ध



३० साउन,सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरकाे आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीकाे जंगली जनावरको आक्रमणबाट मृत्यु भएको थियो ।

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु


स्थानीयले सोमबार विहान ११ बजेदेखि रत्नराजमार्ग अवरुद्ध गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी सुरज कार्कीले जानकारी दिए । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारी साधनहरु बबइ पुल पारी र वारीतर्फ रोकिएका छन् ।

यतिबेला छिन्चुबाट प्रहरीको टोलि गएर बबई पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमबार