Karnali Media
२०८३ असार ३ , बुधबार

अवरुद्ध रत्नराजमार्ग खुल्यो



३० साउन, सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले बन्द गरेको रत्नराजमार्ग खुलेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका थिए । भोलि राष्ट्रिय निकुञ्जको वार्डेनको नेतृत्वमा वार्ता गर्ने सहमतिमा स्थानीयले सडक खुलाएका हुन् ।


सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रिने सवारी साधनहरु बबई पुल वारी-पारी रोकिएका थिए ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमबार