१ भदौ, सुर्खेत । ‘हेल्लो मुख्यमन्त्री’ कर्णाली प्रदेशमा प्रभावकारी बनाउन छलफल भएको छ । छलफलमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सराेकारवालाले सुझाब दिएका छन् ।
प्रदेशका मुख्यमन्त्रीलाई नागरिकले आफ्ना गुनासोहरु राख्न सक्ने संयन्त्र सहित ‘हेल्लो मुख्यमन्त्री’ को सुरुवात गरिएको हो । नागरिकले आफ्नो गुनासोहरु मोबाईल एप्स र टोल फ्री नं १०९६ मा राख्न सक्नेछन् र ‘हेल्लो मुख्यमन्त्री’ युनिटले प्रश्नको तत्काल जवाफ दिनेछ ।“जवाफदेहिता” लोकतन्त्र र सुशासनको मेरुदण्ड हो । यो मेरुदण्डलाई मजबुत बनाउने प्रयास कर्णाली प्रदेश सरकारले सुरुवात गरेको छ र नागरिक समुदाय सङ्ग सहकार्यको पहल समेत सुरु गरेको छ । यस्ता महत्त्वपूर्ण संस्थागत संरचनाको संस्थागत विकास र स्थायित्वले सरकारलाई जनमुखी, पारदर्शी र जवाफदेहि वनाउन सहयोग गर्नेछ र नागरिकलाई आफनो अधिकारको सुनिस्चितताको प्रत्याभुती दिलाउने सहकर्मी समाजका कार्यक्रम संयोजक हरि उपाध्यायले बताए ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद को कार्यालयका सचिव द्वय आनन्द सारु र प्रेम प्रसाद आचार्यले गुनासो व्यवस्थापन प्रणाली को प्रभाकारी कार्यान्वयनमा नागरिक समुदायको भुमिका र यस सम्बन्धी बनेको निर्देशिका वारेमा अभिमुखिकरण दिएका थिए।
सहकर्मी समाजको आयोजनामा युनडिपी र कर्णाली प्रदेश मुख्यमन्त्री कार्यलय सँगको सहकार्यमा वीरेन्द्रनगर सुर्खेतमा सोमबार र मंगलबार गुनासो सुनुवाई संयन्त्रलाई प्रदेश तथा स्थानीय तहमा प्रभावकारी बनाउन दुई दिने अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रममा कर्णाली प्रदेशको ९ वटा जिल्लाका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।
संवाददाता । बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित