Karnali Media
२०८३ असार ३१ , बुधबार

सल्यानको घुईयाबारीबाट बाघ नियन्त्रणमा



१ भदौ, सुर्खेत । सल्यानको कालिमाटीमा रहेको घुईयाबारीबाट बाघलाई नियन्त्रणमा लिईएको छ । प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

आज बिहान करिब ६ बजेको समयमा सल्यान कालिमाटी गाउँपालिका-७ बाटुले बस्ने तुल्सी कुमारी घर्तीको घरबाट अन्दाजी १ सय ५० मिटर पश्चिममा रहेको गोठमा बाधेको २ गोरुलाई मारेको र एक गोरु पाटेबाघले घाईते बनाएको भन्ने प्रहरी चौकी घुईयाबारी सल्यानमा स्थानियले खबर गरेपछि नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जको सयुक्त टोलीले गोठबाट करिब २०० मिटर पश्चिममा रहेको बाँसघारीमा पाटेबाघ आराम गरिरहेको अवस्थामा ढाडमा मेसिनको प्रयोगबाट औषधी छर्केर बाघलाई बेहोस बनाई आज बिहान ११ बजेको समयमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्ज पठाईएको प्रहरी चौकी घुईयाबारीले जनाएको छ ।


साथै सुर्खेतको गेरावानि घाँस काट्न गएका दुई जनालाई मार्ने बाघ पनि यहि हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार