१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत प्रदेश सभा चुनावमा भाग नलिने जानकारी गराए ।
उनले तर्क गरेका छन्, ‘प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु हो ।’ लामिछानेले आफूहरु व्यवस्था विरोधी नभएको भन्दै प्रदेशका विषयमा नयाँ मोडल अघि सारेका छन् ।
लामिछानेले नगरसभा र गाउँसभाका सदस्यबाट प्रदेश परिषद गठन गर्ने र त्यसैले विधायिकाको काम गर्ने तर्क अघि सारेका छन् । अनि मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरेका छन् । मुख्यमन्त्री र उपमुख्यमन्त्री फरक लिंगको हुने मुख्यमन्त्रीले नै जिल्ला प्रमुख नियुक्त गर्ने उनको प्रस्ताव छ ।
संवाददाता । बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित