Karnali Media
२०८३ असार १ , सोमबार

जन माविबाट २ लाख ७६ हजार नगद सहित कागजात अख्तियारको नियन्त्रणमा



१ भदौ, सुर्खेत । जन नमुना माध्यामिक विद्यालयले उच्च अदालत सुर्खेतको अन्तरिम आदेश विपरीत विद्यार्थीबाट शुल्क लिएको भन्दै नगद सहित कागजात अख्तियारले नियन्त्रणमा लिएको छ।

कक्षा ११ को प्रवेश परिक्षाको नतिजामा उतिर्ण विद्यार्थीबाट उच्च अदालत सुर्खेतको अन्तरीम आदेश विपरीत रकम अशुल गरी बिल समेत नदिएको भन्ने उजुरी निवेदनको आधारमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतबाट गएको टोलिले जन नमुना माध्यामिक विद्यालयमा कार्यरत कार्यालय सहायक र सुचना सहायकको टेबलको घर्रा र दराजबाट विना रसिद विभिन्न विद्यार्थीबाट लिइएको दुई लाख ७६ हजार ६ सय ९० नगद रकम सहित सम्पुर्ण कागजात नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।


साथै अन्य विद्यालयबाट पनि यस्तो प्रकृतिका गुनासो आएकोले छानबिन भैरहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार