४ भदौ दैलेख। गुराँस गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयको उद्घाटन गरिएको छ । शनिबार धरमपोखरामा रहेको वडा कार्यालयको उद्घाटन गरिएको हो।
वडा कार्यालयको गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले उद्घाटन गरेका थिए ।भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विसीले पालिकादेखि ८ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई प्रभावकारी बनाउन भवनलाई स्तरीय बनाईरहेको बताए।यस्तै, गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले गुराँसवासीको चाहनाअनुसारको सेवा प्रवाहमा कुनै कञ्जुसाईँ नगर्ने बताईन्। दल र व्यक्तिलाईभन्दा नागरिकहरूका वस्तुगत समस्या सम्बोधन गर्न कटिबद्ध रहेको खड्काको भनाई छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको वडाले आफ्नै भवनबाट अबदेखि सेवा प्रवाह गर्नमा सहज हुने वडाध्यक्ष दीपेन्द्र वलीले बताए। उनकाअनुसार नयाँ भवन अपांगमैत्री रहेको छ। वडा कार्यालयको भवन प्रदेश सरकार क्षेत्रविकाश कोष २०७७/७८ मा २५ लाख र आर्थिक वर्ष २०७८/७९ मा गुराँस गाउपालिकाको ९ लाख ५० हजार गरि ३४ लाख ५० हजार खर्चमा निर्माण गरिएको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित