Karnali Media
२०८३ असार १ , सोमबार

इनर व्हील क्लब अफ सुर्खेतले मनायो तिज



सुर्खेत, भदौ ९ । इनर व्हील क्लब अफ सुर्खेत यसपालिको तीज मिलन कार्यक्रम समुदायमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, मानव सेवामा समर्पित महिलाहरु र समाजको चौथो अंग मानिने पत्रकार (महिला) संग मनाएको छ।

बुधबार आयोजना गरिएको कार्यक्रमको समाजले उपेक्षा गरेको लैंगिक अल्पसंख्यक समुदायका लागी आवाज बनी समाजमा उनिहरुका निम्ति समान अवसर, सम्मान र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय महिला बालबालिका शाखाकि शाखा अधिकृत अनिता ज्ञवालीले तिज भनेको उत्सबको रुपमा मनाइने एक प्रकारको संकृती भएको बताएकी छिन । उनले भनिन् `जसरी पार्वतीले महादेव श्रीमान पाउ भनी वर्त बसी महादेवलाई पाएको खुसियालीमा मनाइने यो पर्वले जिवन साथी छनोट गर्ने अवस्थालाई पनि दर्साएको छ ।´

संस्कृतीलाई जोगाउन, मनभाव स्वच्छ बनाउन, आफु भित्र भएको पिडालाई कम गर्न, मायाप्रेम बढाउनका लागि यो पर्व मनाइएको बताएकी हुन ।

महिला स्वतन्त्रका रुपमा मनाउने र सुख:दुख साटासाट गर्ने एक जमघटका रुपमा मनाइने पर्व हो । जसरी पार्वतीले लामो समयसम्म वर्त बसि महादेव श्रीमान पाएकाले यस पर्वलाई मनाउने चलन चलि आएको संचारिका समुह कर्णाली प्रदेशकी पुर्व अध्यक्ष टिका विष्टले जानकारी दिईन्।
पछिल्लो समय सुन देखाउने फेसन देखाउने प्रतिस्पर्धा जस्तै भएको र एकदमै विकृति छाएकोले त्यसबाट बचाएर महिलाका समस्याहरुलाई समाधान गर्ने दिनका रुपमा पनि लैजानु पर्ने विष्टको भनाई छ ।
उनले एक अर्कामा सहयोग गर्ने र एकता कायम गर्नुपर्ने समेत बताएकी छिन ।


यौनिक तथा लैंगिक अल्पसंख्यकसंग जो कोही बोल्दा पनि हरेक कुरामा अपहेलना गर्ने सहनु पर्ने
यौनिक तथा लैंगिक अल्पसंख्यक महिला अञ्जली विसिको दुखेसो छ ।
समाजले नै बञ्चित गराईरहेको अवस्थामा सम्मान स्वरुप सहभागी गराएकोमा ईनर व्हील क्लब प्रति विसीले खुसी व्यक्त गरिन् ।

तीज पर्व धर्म संस्कृतीसंग मात्र सम्बन्धित नभइ आवाज विहीनहरुको आवाज बुलन्द गर्ने हक,अधिकार, विद्रोह प्रस्फुटन गर्ने माध्यम समेत भएको ईनर व्हील क्लब अफ सुर्खेतकी अध्यक्ष सिया कार्की प्रधानले बताईन् ।

अध्यक्ष कार्कीका कार्यक्रममा तेश्रो लिंगी र मानव सेवामा समर्पित महिलाहरु र आश्रित साना नानिहरुलाई तीजको दरसँगै उपहारमा माया र सम्मान स्वरुप कपडा पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ भदौ ९ गते बिहीबार