Karnali Media
२०८३ भदौ ३० , मंगलबार

योगदान राष्ट्रको लागि सुर्खेतको अध्यक्षमा रोकाय



११ भदौ, सुर्खेत। योगदान राष्ट्रको लागि सुर्खेतको अध्यक्षमा सुजिता रोकाय चयन भएकी छन् । आज भएको कार्यसमितिको दोस्रो पुनर्गठन कार्यक्रमबाट रोकाय अध्यक्ष बनेकी हुन् ।

यस्तै उपाध्यक्ष बिकास अधिकारी, सचिव सुवास शर्मा, सह-सचिव प्रतिमा केसी, कोषाध्यक्ष बिरेन्द्र सोडारी र सदस्यहरुमा लक्ष्मी शिरिष मगर, सुनिता अधिकारी, सुशील सुनार र जिवराज केसी सर्वसम्मत नियुक्त भएका छन्।


योगदान राष्ट्रका लागि सुर्खेतले आयोजना गरेको कार्यसमिति पुनर्गठन कार्यक्रमबाट अध्यक्ष निर्वाचित भएपछी सुजिता रोकायले आफ्नो कार्यकालमा योगदान राष्ट्रका लागि सुर्खेतबाट विभिन्न कार्यक्रम गर्दै समाजमा महत्वपूर्ण सहयोग पुर्याउने बताईन् ।

प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार