१५ भदौ, सुर्खेत। जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता झलनाथ खनाल सुर्खेत आईपुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतले बुधबार सुर्खेतको सिटी हलमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा आगामी निर्वाचनको तयारीमा जुट्नको लागि भएको कार्यक्रमलाई सम्बोधन गर्ने नेता खनाल सुर्खेत आएका हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
१२ बजेबाट सुरु हुने भनिएको कार्यक्रम ढिला गरि सुरु भएको थियो । मौसमका कारण सुर्खेतमा विमान आउन नसकेपछी नेपालगन्जबाट आउनुपरेकोले ढिला भएको एकीकृत समाजवादी सुर्खेतले जनाएको छ ।
कार्यक्रम अहिले वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा भैरहेको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, भदौ १५, २०७९ मा प्रकाशित