१५ भदौ, सुर्खेत। पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भएपनी विचार जवान भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतले बुधबार सुर्खेतको सिटी हलमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका हुन् ।
उनले भने ‘हाम्रा सामु अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । बिगत देखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथी प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’
बिगतलाई नबुझी बर्तमान बुझिन्न र बर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होईन जनविद्रोहवाट सम्भाव भएको बताउदै म वृद्ध भएपनी मेरा बिचार जवान भएको बताएका छन् । एक पछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बूढो हुदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौ । उनले भने।
२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादी बीच चुनावी तालमेल सहितको पार्टी एकताको घोषणा गर्यो । यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाईको सरकारले न जनताको लागि काम गर्यो नत सर्वसाधारणको लागि सबै समृद्धि त सपना मात्र भए, कृषि क्रान्ति गर्न बैज्ञानिक सेवा दिनसक्ने हो भने यो देशका लाखौ जनताहरु कम्युनिष्ट पार्टी छोडेर कतै जादैनन तर त्यतिबेला केपि ओलिको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सकेमात्र धेरै ठूलो उपलब्धि हुनेछ ।
बिगत सम्झदै नेता खनालले भने “एउटा राजाले त उद्योग बनाउछन, कलकारखाना खोल्छन भने दुई तिहाईको कम्युनिष्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आज केपि ओलि यो ठाउँमा पुगेका छन र अझै यो भन्दा तल्लो स्तरमा पुग्दैछन् । जनताका सामु अनुहार देखाउन नसकिने स्थिती आएपछी हामीले यो विकल्प रोजेका हौं।हट्ने हट्ने बेला अस्पताल बनाउने भनेर हल्ला फैलाए । बिना अर्थ साधन स्रोत बिनानै बालुवाटारबाट देशभर अस्पताल बनाउने भनेर सिलान्यास गरे यस्तो पनि हुन्छ ? यो सबै भ्रम हो । दुई तिहाई बहुमत हुदा पनि कसैको केही तागतले रोक्न नसक्ने अवस्था हुदा पनि जनमुखी काम हुन सकेनन् । केपि ओलिले नीति बनाउदा योजना बनाउदा कहिले पनि पार्टी सङ्ग छलफल भएन । त्यसैले गर्दा बिना अर्थको बजेट आयो, नीति आयो यसले केही गर्न सकेन । केपि ओलिको सरकार बेकामको सरकार भयो । यस्ता काम भए जसले गर्दा मुख देखाउन नसकिने अवस्था आयो । पार्टीको नीति सिद्धान्त लागू नभएपछि सरकारमा गएर जे गर्नुपर्थ्यो त्यो काम नगरेपछि र सकेसम्म सुधार्ने प्रयास गर्दा पनि केही नचलेपछी साथै संसद विघटन भएपछी हामिले विद्रोह गर्न पुग्यौ ।”
हाम्रो विद्रोह संबिधानको रक्षा गर्न, संसदलाई बचाउन निम्ति र बिचारलाई बचाईराख्नको लागि हामी यो अवस्थामा पुगेका हौ । अब समाजवादी क्रान्तिलाई अगाडी बढाउन लागि हामी लाग्नुपर्छ । अहिले एकीकृत समाजवादीमा प्रवेशको लहर लागेको छ । भोलि हाम्रो पार्टीमा कार्यकर्ताको झुण्ड आउँछ त्यसका लागि हामी मनैबाट लाग्नुपर्छ । हामी ५-६ लाख सदस्यको विराट पार्टी बनाउन सक्छौ । यो ढङ्गले अगाडि बढ्नुपर्ने उनले बताए ।
खनालले सुर्खेतको सिटी हलमा भएको नेकपा एकीकृत समाजवादीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने
“स्थानीय निर्वाचनले हामीलाई राम्रो नतिजा पाएनौ, हामी सबै आउने चुनावमा एकदमै चनाखो भएर लाग्नुपर्छ । यो चुनावको पहिलो लक्ष्य हामिले विद्रोह गर्नुको कारणको व्यापक प्रचार गर्ने हो ।”
जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता झलनाथ खनाल सुर्खेत आएका थिए।
संवाददाता । बुधबार, भदौ १५, २०७९ मा प्रकाशित