१६ भदौ, सुर्खेत। बीमाले जोखिममा परेको बेला मलम पट्टी लगाउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले भने, “बीमा समितीको प्रदेश कार्यालय उद्घाटन गरेका छौ । बिमा सामितीले बीमाको विभिन्न क्षेत्रलाई नियमन गर्छ र बीमालाई जनतासम्म लैजाने काम गर्छ । यो एक नियमक संस्था हो । आर्थिक बिकासका लागि तथा क्षती न्यूनीकरण गर्न बिमाको उत्पती भएको हो । हाम्रो देसमा २०२५ सालबाट बिमा सुरु भएको र २०४९ मा बिमा एन बनेको थियो ।” उनले भने ।
बीमा धेरै फैलिए पनि अझै दुरदराज सम्म पुगेको छैन त्यहाँसम्म जाने व्यवस्था गर्न बीमा समितिले काम गर्नुपर्ने उनले बताए । संविधानको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकारमा बीमालाई उल्लेख गरिएको बताउदै, प्रदेश कार्यालयले संघ र प्रदेश बीच सहकार्य गर्ने बताए । प्रदेश कार्यालयलाई धेरै अधिकार हस्तान्तरण गरिएको र संघीयता कार्यान्वयनको एउटा आयाम भएको उनको भनाई छ ।
बीमाको पहुच देशभरी पुग्दा कर्णाली भने अझै पुग्न नसकेको र बीमालाई कर्णालीका हरेक क्षेत्रमा लैजान उनले बीमा कम्पनीलाई अनुरोध गरे ।
बीमाका समस्याहरु समयमा भुक्तानी नहुने र नदिने भएकोले यस्ता समस्या समाधान हुनुपर्ने आर्थिक गतिविधि सङ्ग जोडिने भएकोले हामीले ग्रामीण अर्थतन्त्रलाई जोड दिनुपर्ने अर्थमन्त्रीको भनाई छ । सरकार बीमा र लघुवित्तको कार्यक्रम सङ्गसङ्गै अगाडि बढाएको र जसले गर्दा गाउँ स्तरमा आर्थिक बिकासमा सहयोग पुर्याउने र कर्णालिला हरेक पालिकामा बीमा कम्पनी आउनको लागी बिमा कम्पनीलाई उनले अनुरोध समेत गरेका थिए ।
संवाददाता । बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित