सुर्खेत। कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीले खेतबारीमा रहेका किसानलाई बीमाको महसुस गराउनुपर्छ बताएका छन् ।
बीमा समितीको कर्णाली प्रदेश कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्रदेश कार्यालय स्थापना भएपछी संघीयताको अनुभव गरेको बताए। कर्णालीमा भौगोलिक बिकटता छ । यहाँका धेरै मानिसहरु कृषि तथा पशुपालनमा निर्भर छन् । त्यसैले खेतबारी तथा भिर पाखामा बिभिन्न काम गर्दा दुर्घटना हुन सक्ने साथै कर्णाली प्रदेशको धेरै भु-भागमा भिरालो र जटिलता छ। बाली भित्राउदा कहिले कहिले अतिवृष्टि र कहिले अनावृष्टिले गर्दा बालिमा धेरै असर पुर्याईरहेको हुनाले बीमाले यस्ता समस्यामा किसानलाई सहयोग पुर्याउने हुदा प्रत्येक किसानलाई बीमा बारे बुझाउन जरुरी भएको उनको भनाई छ ।
“कर्णालीका धेरै गाउँ बस्तिमा अझै पनि बीमाको बारेमा जानकारी छैन । किसान गोठालाले यसबारे जानकारी पाएका छैन र बीमा भएको महसुस गरेका छैनन्। त्यसैले सबै तहका सरकारले खेतबारीमा रहेका किसानलाई केन्द्रबिन्दु राखेर बिमाको महसुस गराउनु पर्छ ।” कृषी मन्त्री शाहीले भने । यस्तै उनले कर्णाली प्रदेश सरकारले किसानलाई बीमामा सहयोग गर्ने नीति बनाएको भएपनि त्यो अन्योलमा रहेको र प्रभावकारी बन्न नसकेको बताए ।
संवाददाता । बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित