Karnali Media
२०८३ असार ३१ , बुधबार

नेकपा एमाले आफन्तहरुको भर्ती केन्द्र भएकोले मैले प्रेस चैतारी छोडेँ : थापा




सुर्खेत। नेकपा एमाले आफन्तहरुको भर्ती केन्द्र भएकोले प्रेस चौतारी छोडेर नेकपा माओवादीमा प्रवेश गरेको प्रेस चौतारीका कर्णाली प्रदेश सचिव शेर बहादुर थापाले बताएका छन् ।

उनले भने, “म प्रेस चौतारीको प्रदेश सचिव र एमालेको कट्टर समर्थक पत्रकार हुँ । तर एमालेमा आफन्तहरु मात्र भर्ती गर्ने थलो बनेकोले प्रेस चौतारी छोडेँ । आजबाट म नेकपा माओवादीमा समाहित भएको छु ।”


यस्तै उनले नेकपा माओवादी पार्टीलाई मन्त्री बनाउने कारखाना नबनाउन समेत आग्रह गरेका छन् ।

प्रेस चौतारीका कर्णाली प्रदेश सचिव थापा माओवादीमा प्रवेश

प्रकाशित मिति : २०७९ भदौ १७ गते शुक्रबार