सुर्खेत। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीले कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो । कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए ।
संवाददाता । शनिबार, भदौ १८, २०७९ मा प्रकाशित