Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

दैलेख क्षेत्र-१ बाट प्रतिनिधिसभामा ३ जनाको नाम सिफारिस



दैलेख। दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले नेकपा एमाले केन्द्रिय सदस्य तथा केन्द्रिय कानुन बिभाग उपप्रमुख धर्मराज रेग्मी, दैलेख जिल्ला अध्यक्ष रबिन्द्र राज शर्मा र जिल्ला कमिटी सदस्य रेखा थापालाई सिफारिस गरेको हो। प्रदेशसभाका लागि भने आज उम्मेदवारको सिफारिस हुन नसकेको र भोलि बैठक बसि टुङ्गो लाग्ने नेकपा एमाले दैलेखले जानकारी दिएको छ।


०७४ को निर्वाचनमा रबिन्द्र राज शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने धर्मराज रेग्मी पुर्वमाननिय हुन् ।

प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार