Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेख क्षेत्र–२ बाट युवा नेता रिजाल सहित पाँच जनाको नाम सिफारिस



दैलेख। दैलेख क्षेत्र नम्बर २ बाट मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ।

शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले नेकपा एमाले नेकपा एमाले प्रचार-प्रसार उपप्रमुख तथा युवा नेता बिष्णु रिजाल, प्रतिनिधिसभा सांसद राज बहादुर बुढा, कर्णाली प्रदेशका सभामुख राज बहादुर शाही, पार्टी कर्णाली प्रदेश अध्यक्ष बिनोद शाह र जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलको नाम सिफारिस गरेको हो युवा नेता बिष्णु रिजालले कर्णाली मिडियालाई जानकारी दिए ।


यस्तै आईतबार प्रदेशसभाको लागि उम्मेदवारको सिफारिस हुने रिजालले बताए ।

प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार