काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, भदौ १९, २०७९ मा प्रकाशित