Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लाग्ला ?



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । दिउँसो बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउने नेताहरूले दावी गरेका छन् ।

यसअघि सोमवार दिउँसो गठबन्धन कार्यदलको बैठक बसेको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँडबारे गठबन्धनमा कुरा मिल्न सकेको छैन। यद्यपी आजको बैठकबाट भने सिट बाँडफाँडबारे टुंगो लाग्ने बताइएको छ ।


आज बस्ने कार्यदलको बैठकले निर्वाचन क्षेत्र सहितको बाँडफाँडको टुंगो लगाउने नेताहरूले दावी गरेका छन्। मंगलवार दिउँसो कार्यदलको बैठक बसेपछि आजै शीर्ष नेतासहितको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार