दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० गमौडी स्वास्थ चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।
दुल्लु-१० का वडा अध्यक्ष दिपेन्द्र कुमार पुरीको पहल तथा प्रकास थापाको सहयोगमा काठमाडौं स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा टेकुबाट नि: सुल्क आएको स्वास्थ्य सामाग्री तथा उपकरण बिहीबार स्वास्थ्य चौकी गमौडीलाई हस्तान्तरण गरिएको हो ।
वडामा आवश्यक विभिन्न स्वास्थ्य सामाग्री आज स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको र वडाबासी स्वस्थ्य र स्वास्थ्य चौकीको सेवालाई थप गुणस्तरीय बनाउन सधै लागि पर्ने वडा अध्यक्ष दिपेन्द्र कुमार पुरीले बताए।
संवाददाता । बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित