Karnali Media
२०८३ साउन २५ , सोमबार

जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस



सुर्खेत । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रूकुम पश्चिमले प्रतिनिधि सभाका लागि अर्थमन्त्री जनार्दन शर्मालाई सर्वसम्मत सिफारिस गरेको छ।

बिहीबार उम्मेदवार छनौटका लागि माओवादी केन्द्रको बैठक रुकुम पश्चिमको मुसिकोट नगरपालिका सेरीगाउँ स्थित सहिद स्मृति सभाहलमा बसेको थियो। उक्त बैठकले प्रतिनिधि सभाका लागि शर्माको नाम सर्वसम्मत सिफारिस गरिएको माओवादीले जनाएको छ।

यस्तै, प्रदेश सभा (क) तर्फ प्रत्यक्ष महेन्द्र केसी (पारसमणि) र प्रदेश सभा (ख) तर्फ प्रत्यक्षका लागि राजकुमार शर्मा (आर्ट) को नाम सर्वसम्मत सिफारिस गरेको हो।


रूकुम पश्चिम माओवादी आन्दोलनको आधारक्षेत्रको रूपमा पनि परिचित छ।

२०७४ को निर्वाचनमा माओवादीका प्रभावशाली नेता एवं अहिलेका अर्थमन्त्री उनै शर्माले ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधि सभा सदस्य जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपाल जंग शाहले १५ हजार ६५९ मत पाएका थिए।

प्रकाशित मिति : २०७९ भदौ २३ गते बिहीबार