Karnali Media
२०८३ जेठ २७ , बुधबार

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु (फोटो फिचर)



हुम्ला — भारतीय सदगुरु जग्गीबासुदेव हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन् । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका झन्डै १ हजार नागरिकसमेत हुम्ला पुगिसकेका छन् ।

पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा सदगुरु यो पटकसहित ३ पटक हुम्ला पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए । सदगुरुको कैलाश भ्रमणसँगै हुम्लामा पर्यटकहरुको घुइँचो लागेको छ । सदगुरुका लागि सुरक्षाको कडा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन् ।


हुम्लाको सिमकोट विमानस्थलमा सदगुरु जग्गीबासुदेवलाई स्वागत गर्दै स्थानीय बासिन्दाहरु :

तस्बिर : ज्योति कटुवाल/कान्तिपुर

प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार