सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य जनक बहादुर सिंह सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट सर्वसम्मत सिफारिस भएका छन् ।
शुक्रबार राप्रपा सुर्खेतले सुर्खेत क्षेत्र नम्बर १ बाट छत्रपती शाही र केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा सिफारिस गरेको हो।
यस्तै ४ प्रदेश सभा रहेको सुर्खेतमा राप्रपाले क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट दल बहादुर सिंह, प्रदेशसभा ‘ख’ बाट मान बहादुर खरेल र क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट जनक बहादुर सिंह, प्रदेशसभा ‘ख’ बाट कविराम पुरीलाई सिफारिस गरेको राप्रपा सुर्खेतले जानकारी दिएको छ।
संवाददाता । शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित