Karnali Media
२०८३ असार १४ , आइतबार

सुर्खेतमा लागूऔषधसहित एक जना पक्राउ



सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ भलेनी बस्ने २८ वर्षीय खिमबहादुर पुन रहेका छन्।

भेरीगंगा नगरपालिका–१० तोलीखोला स्थित नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको एकको फोर्स गाडीबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ।


ईलाका प्रहरी कार्यलयबाट भेरीगंगा सादा पोसाकमा खटिएको प्रहरी टोलीले गाडी चेक जाँच पुनको सासबाट अवैध लागूऔषध ९ब्राउन सुगर० जस्तो देखिने खैरो धुलो पदार्थ फेदा पारेको हो।

फेला परेको लागूऔषध २ ग्राम २७ मिलिग्राम रहेको छ।

प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार