सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले संघीयताले जनताको घरदैलोमा सेवा पुर्याएको बताएका छन्।
सहकर्मी समाज नेपालको आयोजना युरोपियन युनियनको आर्थिक सहयोग र अन्य संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशमा बुधबार सम्पन्न भएको दुई दिने प्रदेश सुशासन सम्मेलनमा बोल्दै मन्त्री शाहीले, संघीयता पिछडिएका समुदायलाई न्याय र अवसर पहुच नभएको ठाउँमा राज्य व्यवस्थाको पहुँच पुर्याउन आएको बताउदै संघीयता एकल हुन नसक्ने र समन्वय र सहकार्यमा निर्भर हुने बताए।
उनले भने, ‘सुशासन सब्द फराकिलो छ । सुशासन विश्वको सबैभन्दा ठूलो पुजी हो । नागरिक राज्य लगायत सबैको सुशासन फरक फरक छ। यसको अभ्यास पनि फरक हुनुपर्छ।’
यस्तै मन्त्री शाहीले कर्णाली प्रदेशमा ५ बर्षमा ७६ ओटा कानुन निर्माण गरेको र ४८ ओटा कानुनलाई प्रमाणीकरण गरेको बताएका छन् । कर्णाली प्रदेश सरकारले कर्णाली बासीको अपनत्व हुने गरि सम्पुर्ण मौलिक अधिकारहरुको कार्यान्वयन गरिरहेको पनि उनले बताए।
संवाददाता । बुधबार, भदौ २९, २०७९ मा प्रकाशित