सुर्खेत । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित जागरण एफ एम सुर्खेत आज १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । ‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफ. एम. आजदेखि १३ वर्ष पुरा गरेर १४ औँ वर्षमा प्रवेश गरेको हो।
वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारण आरम्भ गरेको जागरण एफ. एम.ले विपन्न, पछाडी पारिएका नागरिहरुको आवाज बुलन्द बनाउँदै आएको छ। समुदायका बढीभन्दा बढी नागरिकहरुको सहभागितामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले जागरण एफ. एम. सञ्चालनमा आएको हो। विशेषगरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
जागरण एफ. एम. ले सुर्खेत जिल्लाको सवै स्थानिय तहसँगै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान, ५ नम्वर प्रदेशका बाँके र बर्दिया तथा सुदुरपश्चिम प्रदेशका कैलाली र अछामका केही स्थानियतह सम्म आफ्नो प्रसारण ५ सय वाट् क्षमतासहित एफ. एम. व्याण्डमा ९० थाप्लो ८ मेगाहर्ज मार्फत आफ्नो प्रशारण सेवा पुर्याइरहेको छ। कर्णाली प्रदेशका स्थानिय अन्य सामुदायिक रेडियो स्टेशनहरुसँग नेटवर्किङ्ग गरिरहेको छ। आफ्नो प्रशारणलाई जनमैत्री र समुदाय केन्द्रित गर्नका लागि विभीन्न २८ सामुदायिक रेडियोसँगको सहकार्यमा कर्णाली रैबार नामक समाचारमुलक कार्यक्रम प्रशारण गरि प्रदेशको नेटवर्क अभ्यास शुरु गरेको र यसलाई अझै फराकिलो बनाइने एफएमका अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बताए।
जागरण एफएमका स्टेसन म्यानेजर गोविन्द खत्रीले रेडियोको तर्फबाट शुभकामना दिँदै जनता र सरकारबिचको पुलको रुपमा भुमीका निर्वाह गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे। बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतमै पहिलो पटक (वि.सं.२०६९) देखि अनलाइन,मोवाइल एप्लिकेशन, फेसबुक बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ।
आज स्थापना दिवसको अवसरमा सरोकारवाला तथा श्रोताहरुका प्रतिक्रिया तथा सल्लाह सुझावका लागि विशेष कार्यक्रमहरु संचालन गरिने छ। यस्तै, रेडियो स्थापना दिवसको अवसरमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि सफलताको शुभकामना दिएका छन्। यस्तै वार्षिकोत्सबको अवसरमा शुभकामना दिँदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले सामाजिक रुपान्तरणको लागि संचारमाध्यमले पहेदारकारुपमा जागरण एफ.एमले महत्व पूर्ण भूमीका निर्वाह गरेको बताए।
संवाददाता । शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित