सुर्खेतको वीरेन्द्रनगर- १ धारापानीमा २ तले घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै निर्माणधीन घरको २ तले छतबाट खसेर ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको हो ।
छतबाट खसेर घाइते भएकी खत्रीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा बिहीबार साँझ मृत्यु भएको हो।
घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
संवाददाता । शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित