दैलेख । जिल्ला प्रशासन दैलेखले २०७८/०७९ मा एक करोड भन्दा वढि राजश्व संकलन गरेको छ । राहादानी शुल्क लगाएत अन्य शिर्षकहरु वाट ०७८/०७९ मात्रै जिल्ला प्रशासन कार्यालय दैलेखले १ करोड दुई लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २३ लाख ४१ हजार राजश्व संकलन गरेको जिल्ला प्रशासनले ०७८/०७९ मा १ करोड भन्दा वढि राजश्व संकलन भएको जनाएको छ ।
राजश्व सम्बन्धि मासिक प्रतिवेदन २०७८/०७९ अनुसार परिक्षा शुल्कवाट १४ हजार ३ सय ५०, राहदानीवाट ९८ लाख १ हजार, अन्य प्रशासनिक सेवा शुल्कवाट १ हजार ४ सय ३० रुपैयाँ संकलन भएको छ । त्यस्तै कम्पनी रजिष्टेशन दस्तुर १ लाख २५ हजार ७ सय, हाज हतियार इजाजतपत्र दस्तुर २० हजार, न्यायिक दण्ड जरीवाना र जफत वापत २ लाख ३३ हजार २ सय ८१ र प्रशासनिक दण्ड जरीवाना र जफत वापत ६७ हजार पाँच सय गरी जम्मा १ करोड दुई लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन भएको मासिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विगतका आर्थिक वर्ष भन्दा यो वर्ष राजश्व संकलनमा वृद्धि हुनुमा जिल्ला प्रशासन कार्यालय दैलेख ई पार्सपोटलाई सहज ढंगवाट सेवा दिई राहदानीमा राजश्व वृद्धि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । कार्य सम्पादन मुल्यांकनमा अति उत्कृष्ट जिल्लामा परेको दैलेख प्रशाशन हरेक काम व्यवस्थित गर्दै सेवाग्राहीलाई छिटो छरितो सहज सेवा दिदै आएको छ ।
आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुशार ६८ वटा परिसूचकहरूका आधारमा कार्यसम्पादन मुल्यांकनमा दैलेख उत्कृष्ट २२ जिल्लामा परेको हो । कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय दैलेख अति उत्कृष्ट जिल्लामा परेको हो ।
संवाददाता । शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित