Karnali Media
२०८३ भदौ १३ , शनिबार

कर्णाली प्रदेश सभाको दशौं अधिवेशन अन्त्य



सुर्खेत । कर्णाली प्रदेश सभाको दशौं अधिवेशन अन्त्य गरिएको छ। आज राती १२ बजेदेखी अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयबाट पत्र आएको संसद सचिवालयका उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (५) बमोजिम अधिवेशन अन्त्य गरिएको जानकारी सचिवालयले सुचना मार्फत दिएको हो।


नेपालको संविधान २०७२ को धारा १८३ उपधारा (२) बमोजिम सभा अधिवेशनको अन्त्य प्रदेश प्रमुखले गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार