Karnali Media
२०८३ कात्तिक ६ , बिहीबार

कर्णाली नदीमा पानीको बहाव खतराको तह भन्दा माथि



सुर्खेत । देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।


त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ। रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान छ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार