Karnali Media
२०८३ साउन ८ , शुक्रबार

अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता



अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।


उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ । ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।

उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार